NeMo/ne-np: Difference between revisions

From MozillaWiki
Jump to navigation Jump to search
No edit summary
No edit summary
 
Line 1: Line 1:
<div style="clear:both; border: 2px solid rgb(40, 40, 40); text-align:center; padding: 2px; background: #ffffff; border-collapse: separate; -moz-border-radius: 10px; margin-top:20px;" >
<div style="clear:both; border: 2px solid rgb(40, 40, 40); text-align:center; padding: 2px; background: #ffffff; border-collapse: separate; -moz-border-radius: 10px; margin-top:20px;" >
[[NeMo|होम]] | [[NeMo/Workflow|संरचना र शासन ]] | [[NeMo/People|मानिसहरु]] | [[NeMo/Articles|लेखहरु]] | [[NeMo/Resources|सामाग्रीहरु]] | [[NeMo/Meetings|वैठकहरु]]
[[NeMo|गृह]] | [[NeMo/Workflow|संरचना र शासन ]] | [[NeMo/People|मानिसहरु]] | [[NeMo/Articles|लेखहरु]] | [[NeMo/Resources|सामाग्रीहरु]] | [[NeMo/Meetings|वैठकहरु]]
</div>[[Category:Nemo]]
</div>[[Category:Nemo]]
  __NOTOC__
  __NOTOC__

Latest revision as of 03:47, 11 April 2013

गृह | संरचना र शासन | मानिसहरु | लेखहरु | सामाग्रीहरु | वैठकहरु


Nemo900.jpg

सुन्नुस ! तपाई नीमो परियोजनाको विकि पृष्ठमा आउनुभयो ।

नीमो न्यूज़ मोजिल्ला को संक्षिप्त रूप हो ।यो परियोजनाको लक्ष्य मोजिल्ला र अन्य खुला श्रोतको नजिकरहेको गतिविधिहरुको सचेतना बढाउनु हो । शैक्षिक लेखहरूको एउटा डेटाबेस सृजना गर्ने र तीनीहरुलाई योगदान दिएका लेखहरुको रुपमा विश्वभरीका स्थानीय प्रकाशनमा पठाउने, हामी मोजिल्ला, यसको उत्पाद र खुला श्रोत सफ्टवेरका फाइदाको बारेमा प्रयोगकर्ताहरुलाई शिक्षित गराउने आशा गर्दछौ ।

हामीलाईIRC मा भेट्नुस: #nemo

नीमो मेलिङ्ग लिस्टमा सस्क्राइब/ग्राहक गर्नुस

किन यो परियोजना र यसको लक्ष्य?


एउटा उल्लेखनीय जनसंख्या अझै पनि रुचि, अनुराग र जानकारीको लागि समाचार पत्र र अन्य किसिमको प्रिन्ट मिडियामा निर्भर छन् ।त्यसैले योगदान लेखको माध्यमवाट उनीहरुसंग पुग्ने भन्दा अरु सजिलो केहि हुन सक्दैन ।

विश्वको अधिकांश भागमा, अंग्रेजीमा वितरण गरिएको समाचार, महत्वपर्ण जनसंख्या जो पूर्ण रुपमा आफ्नो जन्मजात/स्थानीय भाषामा निर्भर हुन्छन सम्म पुग्न असफल भएको हुन्छ । त्यसैले हाम्रो मुख्य प्रयास भनेको यो भाषा बाधा बन्धनलाइ तोड्नु तथा मोजिल्लाको संदेशलाइ स्थान र भाषा भन्दा बाहिर भएर मानिसकहाँ पुराउनु हो ।

मोजिल्ला जनहितको लागि वेब को भविष्य बनाउनु बारेमा हो। नियमित समाचार पत्रको लेखहरुको माध्यमले, वेबलाइ उत्तम स्थान बनाउन मानिसहरु बीच सचेत ल्याउने हामीले प्रयास गर्छौ ।हामी यी कामहरु नया मानिसहरुसंग - बिद्यार्थीहरु, शिक्षकहरु, सिनेमानिर्माताहरु, पत्रकारहरु, वैज्ञानिकहरु, कलाकारहरु अथवा जुनसुकै पाठक जो सामान्य इन्टरनेट प्रयोगकर्ता र जसले आफ्नो अनलाइन जीवनलाइ गम्भीररुपमा लिन सक्छलाइ भेटेर गरिरहेका छौ ।


त्यसकारण, यो योजनाको पछाडी भनेको विभिन्न शिर्षकमा नया समाचार लेखहरु सामान्य भाषामा सिर्जना गर्नु, तिनीहरुलाई स्थानीयकरण गर्नु र तिनीहरुलाई समाचारपत्र, पत्रिकामा तथा विश्वभरीको टेक ब्लगमा प्रकाशित गर्न प्रयास गर्नु हो ।

लेखहरुको स्वभाव


त्यसैले, एउटा उदाहरणको लागि हामी आफ्नै फायरफक्स ब्राउसरलाए लिन्छौ ।

  • हामीहरु या त मानिसहरुलाइ कसरी फायरफक्सले खुला श्रोतलाइ क्रान्ति ल्याको हो, कसरी यसले वेबलाइ "खुला" राख्ने भनेर ख्याल गरिरहेको छ र कसरी मानिसहरुको इन्टरनेटमा स्वतन्त्रताको निम्ति लड्छ (केहि ति मानिसहरु संग मिल्छ जुन प्रविधि र इन्टरनेटमा कुनै पृष्ठभुमि छैन)
अथवा
  • त्यहाँ धेरै प्रविधिहरु -(HTML5, WebM, CSS, SVG, Geolocation, Websockets etc.) छन, जुन त्यसमा कार्यान्वयन गरिदैछन् ।हामी ब्याख्या गर्न सक्थ्यौ कि किन यी वेब मानाकहरु अवश्यक छन - उनीहरू वेबको कार्यक्षमताकोलागि कति महत्वपूर्ण छन, कसरी उनीहरु यो ठाउँ भित्र आए, कसरी उनीहरु कार्य गर्छन, कसरी उनीहरु विकसित र अनुकुलित हुदै छन् र जस्तै प्रविधि पोक्त अथवा विज्ञलाइ प्रबन्ध गरेको छ ।


हामी दुबै प्रकारहरूको लागि लेख श्रोतहरु उत्पादन गर्न समानान्तरमा काम गरुँला ।

हामी के प्रकाशित गर्छौ यसलाई यसलाई प्रकाशक र लक्षित दर्शकको स्वभाव र पृष्ठभुमीमा निर्भर हुन दिउ । यो Comms SIG लाइ सोधिएको रणनीतिक मीडिया landscape फारम र उक्त स्थानका Comms SIG अथवा ReMo को नियमित प्रितिक्रियाबाट प्राप्त गर्न सकिन्छ ।

परियोजना सीमा

जस्तै समय वित्दै जान्छ, अरु धेरै प्रविधिहरु आउदै जान्छ र परिणाम स्वरुप हाम्रो वेब विस्तार हुनेछ।जब कुनै विकास आइपर्छ, हामी संक्षित लेख/साक्षात्कारको माध्यम माध्यमबाट तिनीहरु किन महत्वपुर्ण छन र तिनीहरुले वेबको खुलापनको निम्ति के भूमिका खेल्छन भन्ने कुरा बयान गरि लेख भण्डारमा थप्छौ ।

अहिले सम्म, हामीसंग यस्तो प्रकारको लेखहरुको भण्डार थिएन र परियोजनाको प्रारम्भिक चरणहरू अलि अलमल्लमा हुनेछन। हामीलाई उचित लाग्ने सबै शिर्षकहरुमा लेखहरु लेख्ने प्रयास गर्नेछौ।एक पटक जब हामीलाई भण्डारको सुविधा मिल्छ, केवल नया केहि आएको बेलामा हामी लेखको भण्डारमा थप्नुपर्ने हुन्छ।

हामी केवल लेखहरु मात्र लेख्नेमा सिमित हुनेछैनौ - मोलिज्जालाई विस्तारगर्ने हाम्रो प्राथमिक लक्ष्यको साथमा - सापेक्षित रुपमा दुर्लभ पदोन्नतिहरू, जस्तै कि podcast ,webnomic इत्यादि लामो यात्रामा उपयोगी हुन सक्छ ।